काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र स्युच्टार, काठमाडौंस्थित युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २० प्रतिशतसम्मको छुट पाउने कम्पनीले जनाएकाे छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ८८ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १ सय ४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्