Shikhar Insurance
National Life

नेपाल राष्ट्र बैंकले भन्योः समयमै कर्जा र ब्याजको भुक्तानी गरौँ

सिंहदरबार संवाददाता
२०८० असार २२, शुक्रबार १२:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयमै कर्जा र ब्याज भुत्तानी गर्न अनुरोध गरेको छ । बैंक तथा वित्तिय संस्थाहरु विरुद्ध अराजक गतिबिधी सुरु भएपछि राष्ट्र बैंकले पछिल्लो केहि समयदेखि ऋण लिएपछि तिर्नैपर्छ भन्दै आएको छ ।
राष्ट्र बैंकले वित्तिय साक्षरता अभियानका नामबाट पनि ऋण लिएपछि तिर्नै पर्ने कानुनी व्यवस्थाबारे जानकारी गराउँदै आएको छ ।

राष्ट्र बैंकका गभर्नर लगायत उच्च पदस्थ अधिकारीहरुले पनि सबै जसो सार्वजनिक कार्यक्रमहरुमा ऋण लिएपछि तिर्दिन भन्न नपाउने बताउँदै आएका छन् । पछिल्लो समय लघुवित्तका ऋणीहरुले ऋण नतिर्ने अभियान चलाईरहेका छन् । उता, कोशी प्रदेशमा बैंकहरु विरुद्ध आन्दोलन हुँदै आएको छ । दुर्गा प्रसाईँ लगायतका केहि व्यक्तिहरुले २० लाखसम्मको ऋण मिनाहा गर्नुपर्ने माग अघि सार्दै आईरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ऋण नतिर्न प्रेरित गर्नेहरुको मनोबल बढ्न थालेपछि राष्ट्र बैंकले कर्जा असुलीका लागि सन्देश मुलक सामग्री मार्फत बैंकहरुलाई सहयोग र नागरिकलाई सचेत गराउन थालेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्