Shikhar Insurance
National Life

‘गभर्नर सा‘ब हामी बैंकर र व्यवसायी दुवैले गल्ती गर्यौं, अब सुध्रिन्छौं’

सिंहदरबार संवाददाता
२०८० असार २२, शुक्रबार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक र व्यवसायी दुवैले गल्ती गरेको भन्दै अब सुध्रिने प्रतिबद्धता व्यक्त गरेका छन् । महासंघ, चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिन आयोजीत संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस अघि बैंकर र व्यवसायी दुवैले गल्ती गरेको स्वीकार गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘गभर्नर सा‘ब म त बैंकर र व्यवसायी पनि हुँ, चालु पुँजी कर्जाको सवालमा हामी व्यवसायी र बैंकर दुवैबाट गल्ती भएको छ, अहिले दुवैले चेतिसक्यौं ’, अध्यक्ष ढकालले भने । बैंकहरुले तरलता सहज भएको बहानामा धमाधम चालु पुँजी कर्जा प्रवाह गरेको र व्यवसायीहरुले त्यस्तो कर्जा लिएर सेयर बजार र घर जग्गामा लगानी गरेको ढकालले स्वीकार गरेका हुन् ।

अध्यक्ष ढकालले बैंक र व्यसायी दुवैले चालु पुँजी कर्जाको दुरुपयोग र त्यसले सिर्जना गरेको परिस्थितिबाट पाठ सिकिसकेकाले अब थप कडाई गरिरहनु आवश्यक नपर्ने बताए । ‘अब यसमा थप कडाई गरिरहनु पर्दैन, दुवैले पाठ सिकिसकेका छौं, अब चालु पुँजी कर्जाको विषय बैंक र व्यवसायीहरुलाई नै छाडिदिए हुन्छ, बैंकहरुले नै एकाउन्टेबल भएर मेनेज गर्नेछन्’, अध्यक्ष ढकालले भने ।

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो हुनुपर्नेमा जोड दिए । ‘अर्थतन्त्रको अवस्था र बजेटका लक्ष्यहरुलाई हेर्दा खुकुलो मौद्रिक नीति आवश्यक देखिन्छ, त्यस्तै मौद्रिक नीति आउने अपेक्षा गरेका छौं’, अध्यक्ष ढकालले भने । बचत खाता र मुद्दती खाताको ब्याजदर अन्तर ५ प्रतिशत कायम गरिँदा बैंकहरुको लागत बढेको पनि बताए । ‘बचत खाता र मुद्दती खाताको ब्याजदर अन्तर ५ प्रतिशत बनाउँदा बचत खाताको अधिकांश पैसा मुद्दती खातामा गएको छ, त्यसले बैंकहरुको लागत बढायो’, अध्यक्ष ढकालले भने । यही व्यवस्थाका कारण अझै केही समयसम्म बैंकहरुको निक्षेप लागत घटाउन मुस्किल परिरहेको र त्यसले आधार दरमा पनि प्रभाव पारेको उनको कथन थियो ।

उनले आगामी मौद्रिक नीतिबाट मुद्दती खातामा रकम राख्दा समय अवधीका आधारमा ब्याजदर कायम हुने व्यवस्था अघि सार्नुपर्नेमा पनि जोड दिए । उनले बैंकहरुको आधार दर घटाउनका लागि पनि राष्ट्र बैंकले विशेष नीति अघि सार्नुपर्नेमा जोड दिए।

महासंघ अध्यक्ष ढकालले वित्तीय स्थायित्व र आर्थिक विकास केन्द्रित मौद्रिक नीति आवश्यक पर्नेमा जोड दिए । अर्थतन्त्रमा चौतर्फी संकट देखिन थालेकाले निजी क्षेत्रले एक भएर अघि बढ्ने संकल्प गरेको पनि उनले बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्