Shikhar Insurance
National Life

सिटिजन लाइफको प्रिमियम आईपीओ असार ३१ गतेबाट

सिंहदरबार संवाददाता
२०८० असार २२, शुक्रबार ०८:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ असार ३१ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २ सय ४४ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति दिएको थियो ।

सिटिजनले जारी पूँजीको ३० प्रतिशतका दरले हुने १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ । जसमध्ये १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्न लागेको हो भने ५ प्रतिशत सेयर सेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, निष्काशन गरिने कुल सेयरको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले इन्स्योरेन्सको सेयरमा असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम भने एनआइएमबि एस क्यापिटल लिमिटेडले गरिरहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्