Shikhar Insurance
National Life

धरानका मेयर हर्क साम्पाङलाई भेटेपछि एलिजा गौतमको राजनीति छाड्ने घोषणा

सिंहदरबार संवाददाता
२०८० असार २१, बिहीबार १२:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय सदस्य एलिजा गौतमले राजनीतिा छाडेको घोषणा गरेकी छिन् । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले सक्रिय राजनीतिबाट बिदा भएको घोषणा गरेकी हुन् । एलिजाले दलिय राजनीति गर्नेहरुलाई धरानमा गएर हर्क साम्पाङको काम हेर्न पनि सुझाव दिएकी छिन् । गौतमले अब आफु समाज सेवामै सक्रिय रहने बताएकी थिइन् ।
नागरिक उन्मुक्ति पार्टीका तत्कालिन संरक्षक रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बल्ने भन्दै भाइरल भाषण गरेकी थिएन् ।

एलिजाले यस्तो लेखेकी छिन्

समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट विदा
धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ ।
आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।
दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्