Shikhar Insurance
National Life

श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट

सिंहदरबार संवाददाता
२०८० असार २१, बिहीबार ०७:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।

श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमसिङ्घेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरे । प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशको भाइचारा सम्बन्ध, एशियाका मुलुकमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ । अध्यक्ष नेपाल श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार श्रीलङ्का प्रस्थान गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्