Shikhar Insurance
National Life

नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८० असार २०, बुधबार १८:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमबार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिको रुपमा सहभागी भएको उक्त साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिनलाई संस्थाको नेतृत्व हस्तान्तरण गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साधारणसभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रन्जित चयन भएको छ । उनीहरुको चयनबाट संस्थाको नेतृत्व समूह अझ बलियो भएको छ । नयाँ नेतृत्वले संस्थालाई नयाँ अवधारणामा अघि बढाउने विश्वास गरिएको छ ।

दोस्रो वार्षिक साधारणसभा च्याप्टरका लागि महत्वपूर्ण कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ । साधारणसभाले व्यावसायिक प्रगति, सञ्जालीकरणको अवसर तथा सामुदायिक सहभागिताको प्रतिबद्धता व्यक्त गरेको हुँदा यसले संस्थाको सशक्तीकरणमा ठूलो योगदान गर्ने ठानिएको छ ।
सुुबिनको गतिशील नेतृत्व र उहाँको समर्पित टिमअन्तर्गत संस्थाले नयाँ उचाइ हासिल गर्ने अपेक्षा पनि गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्