Shikhar Insurance
National Life

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

सिंहदरबार संवाददाता
२०८० असार २०, बुधबार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९.२६ अङ्कले घटेर २,०४९.२६ अङ्कमा सीमित भएको छ ।

आज  विभिन्न कम्पनीका २७७ वटा कम्पनीको ८० लाख ९२ हजार नौ सय ६९ कित्ता सेयर ५३ हजार एक सय तीन पटक खरिदबिक्री हुँदा ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार एक सय ३६ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आजको कारोबारमा सेन्सेटिभ र फ्लोट इन्डेक्ससहित सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४०९.७६ र निर्जीवन बीमा समूहको उपसूचक ३१०.८५ अङ्कले घटेको छ ।

बैंकिङ समूह १०.९९, विकास बैंक ६३.२९, वित्त समूह २०.०४, होटल तथा पर्यटन समूह ८८.२८, जलविद्युत् समूह ५६.३६ अङ्कले घटेको छ । त्यस्तै, लगानी १.६०, उत्पादन तथा प्रशोधन १०५.८०, लघुवित्त ८६, म्युचअल फन्ड शून्य दशमलव ०३, व्यापार समूह ३२ दशमलव १५ र अन्य समूह ३६ दशमलव ६९ अङ्कले घटेको छ ।

आज सिटी होटल लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मोदी इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको १६ करोड ४९ लाख १२ हजार पाँच सय ९६ बराबरको दुई लाख ७६ हजार तीन सय २० कित्ता शेयर किनबेच भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्