Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार असार २९ देखि, भट्टराई सीईओ नियुक्त

सिंहदरबार संवाददाता
२०८० असार २०, बुधबार १४:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जर भएर प्रभु महालक्ष्मी लाइफ बनेको हो । दुई कम्पनीले एक बराबर एकको स्वाप रेसियोमा मर्जर गरेका हुन् ।

कम्पनीले हाल महालक्ष्मी लाइफको सीईओ रहेका रमेशकुमार भट्टराईलाई नै प्रभु महालक्ष्मीको सीईओ नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुवै कम्पनीको मर्जर कमिटी र साधारणसभाले भट्टराईलाई सीईओ नियुक्त गर्ने प्रस्ताव पास गरिसकेका छन् । भट्टराईको नियुक्तिलाई नेपाल बिमा प्राधिकरणले स्वीकृत गरिसकेको छ ।

प्राधिकरणले बुधबार भट्टराईलाई सीईओ नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको हो । उनको तलब सुबिधाबारे भने केही उल्लेख गरिएको छैन । एकीकृत कारोबारपछि प्राप्त हुने वित्तीय विवरणका आधारमा तलब भत्ताको सीमा तोकिने सर्त राखिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्