Shikhar Insurance
National Life

नेको इन्सुरेन्सद्वारा महेन्द्र गेनाई प्रसूति तथा बालकल्याण अस्पताललाई ११ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १७:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग गरेको छ । इन्सुरेन्सले मधेस प्रदेशको सिराह जिल्लाको धनगढीमाई नगरपालिका, छपराडीस्थित रहेको उक्त अस्पताललाई ११ लाख रूपैयाँ सहयोग प्रदान गरेको हो ।

अस्पतालले आयोजना गरेको एक कार्यक्रममा नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले ११ लाख रुपैयाँको चेक अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अस्पतालको भवन भारतीय राजदूतावासको सहयोगमा बनेको तर मेडिकल उपकरण, औषधिलगायतका सामग्रीहरुको अभाव रहेको पाइएकाले मधेसका महिलाहरुको प्रसूति सेवा तथा बालबालिकाको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कम्पनीले सामाजिक उत्तरदायित्व स्वरूप उक्त रकम प्रदान गरेको हो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्