Shikhar Insurance
National Life

रावा इनर्जी र मोदी इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १६:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । मंगलबार रावा इनर्जी डेभलपमेन्ट लिमिटेड र मोदी इनर्जी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मोदी इनर्जी लिमिटेडको २ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरु समेत) लाई वितरण गरिएको ७२ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको २ करोड १७ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ९२ रुपैयाँ ५७ पैसा देखि २७७ रुपैयाँ ७१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो आधारमा भोलि बुधबार देखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको सेयरलाई नेप्सेले एमइएल कारोबार संकेत प्रदान गरेको छ ।

त्यस्तै, रावा इनर्जीको पनि २८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरु समेत) लाई वितरण गरिएको ८ लाख ४० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १९ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयरलाई नेप्सेले आरएडब्लुए कारोबार संकेत प्रदान गरेको छ ।

कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ८३ रुपैयाँ १० पैसादेखि २४९ रुपैयाँ ३० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो आधारमा भोलि बुधबार देखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्