Shikhar Insurance
National Life

नेपाल उद्योग परिसंघको टोलीद्वारा मन्त्री भण्डारी र मन्त्री मोदीसँग भेट

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १६:२८
Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाल उद्योग परिसंघको टोलीले दुई मन्त्रीसँग भेटवार्ता गरेको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग भेट गरेको हो ।

भेटमा मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायत विषयमा छलफल भएको परिसंघले जनाएको छ। भेटमा परिसंघका अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्न सरकारले काम गर्नुपर्ने बताए। उनले कर्मचारीको न्यूनतम पारिश्रमिक वृद्धि गर्न आग्रह गरेका थिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रीद्वय भण्डारी र मोदीले परिसंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै निजी क्षेत्रको विकासका लागि सरकारको सहयोग रहने बताएका थिए।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्