Shikhar Insurance
National Life

गाउँपालिकाद्वारा ८० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १६:२२
Hyundai
NCELL
NIMB

टक्सार । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले किसानलाई हाते ट्याक्टरलगायतका सामग्री वितरण सुरु गरेको छ । गरिबी निवारण लघुउद्यम कार्यक्रमअन्तर्गत किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले सामग्रीहरु वितरण सुरु गरिएको हो ।

गाउँपालिकाभित्र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न कृषि समूहमा समावेश किसान र व्यक्तिगत फार्मलाई कृषि औजार हस्तान्तरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“किसानहरुले गर्दै आएका काममा सहयोग पुगोस् भन्ने उद्देश्यले कृषि सामग्री हस्तान्तरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिकाले निरन्तर काम गरिरहेको छ”, उनले भने।

उनका अनुसार वडा नं १ श्यामशिलाका १३ किसानलाई आज हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लगानीमा कृषि सामग्री वितरण गरिएको हो । वडाका किसानलाई सहयोग गरिएको सामग्रीले खेती गर्न सहज हुने वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।

वडा नं ६ ठूलोदुम्माका किसानलाई पनि कृषि सामग्री हस्तान्तरण गरिएको छ । उनीहरुलाई ३१ वटा इलेक्ट्रिक स्प्रे, मल्चिङ प्लास्टिक ४७ थान, १४ थान प्लास्टिक पोखरी, १५ वटा प्लास्टिक टनेल लगायतकासामग्री वितरण गरिएको हो ।

“किसानलाई कृषि सामग्री वितरण गरेका छौँ”, वडाध्यक्ष दक्षकुमार राईले भने, “गाउँपालिकाको नीतिअनुसार कृषकलाई आर्थिकरुपमा सक्षम बनाउने लक्ष्य छ ।”

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सडक, खानेपानीसँगै भौतिक पूर्वाधारको विकासमा विशेष योजनासहित गाउँपालिकाले काम गर्दै आइरहेको जनाएको छ । महिलालाई समेत कृषि उद्यममा जोड्ने लक्ष्यसहित गाउँपालिकाभित्र रहेका छवटै वडामा एक लाख बराबरको थप कार्यक्रमसमेत सञ्चालन भइरहेको बताइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्