Shikhar Insurance
National Life

नेत्रज्योति संघ र महानगरबीच समझदारी, ज्येष्ठ नागरिकको घरघरमै आँखा उपचार

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १४:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिकाबीच महानगरका सम्पूर्ण ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको निःशुल्क आँखा उपचार गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरु बीच “ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुसँग महानगरपालिका कार्यक्रम” सञ्चालन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले र महानगरिपालिकाका तर्फबाट महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरेका छन् ।

महानगरपालिकाले विभिन्न संघ-संस्थाहरुसँगको सहकार्यमा नगरभित्रका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको घरघरमै गएर विभिन्न समस्याहरुको परिक्षण गर्नेछ । संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघले आँखा जाँच तथा उपचारमा महानगरलाई प्राविधिक सहयोग गर्ने बताए ।

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले शारिरिक असक्तता र विभिन्न बाध्यताले अस्पतालसम्म पुग्ने नसकेका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई घरघरमै गएर उपचार गर्ने योजनामा साथ दिएको नेत्रज्योति संघलाई धन्यबाद दिँदै यो सहकार्य दिर्घकालसम्म चलिरहने समेत बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै संघका महासचिव भरतबहादुर चन्दले नेपालका कोहि पनि नागरिकहरु पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले संघले देशैभरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै नेपालको अन्धोपना न्यूनीकरणमा जनप्रतिनिधिहरुले निर्वाह गरेको महत्वपूर्ण भूमिकाका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारणका लागि तिनै तहका सरकारहरुसंग सहकार्य र समन्वय गरी अगाडि बढ्नेसमेत बताए ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १ सय ५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत नागरिकहरुलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्