Shikhar Insurance
National Life

महानगरपालिका र छालाजुत्ता संघको सहकार्यमा कटाइ तथा सिलाइ तालिम सञ्चालन

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १४:०२
Hyundai
NCELL
NIMB

ललितपुर । ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्पर कटाइ तथा सिलाइ तालिम सञ्चालन गरेको छ । असार ७ गतेदेखि ललितपुर महानगरपालिका–१४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य वस्तु उत्पादन कार्यक्रमअन्तर्गत अप्पर कटाइ तथा सिलाइ तालिम सञ्चालन गरिएको हो ।

सार्की समुदायको पुख्र्याैली जुत्ता व्यवसायको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यअनुरुप तालिम सञ्चालन गरिएको नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरिराम बोगटीले बताए । तालिमबाट सिकेको सिप व्यवहारमा लागू गरी आफ्नो जिविकोपार्जन गर्न सहयोग पुर्याउने हेतुले तालिम लिएका प्रशिक्षार्थीहरुमध्ये उत्कृष्ट ७ जनालाई सिलाई कटाई मेसिनसमेत दिइने अध्यक्ष बोगटीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तालिम अनुभवि रामेश्वर बोगटीले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक बोगटीले भेदनामबाट १८ महिने छाला जुत्ता एवम् अर्थपेडिक सम्बन्धी डिप्लोमा र नेदरल्याण्डमा ३ महिने तामिल समेत लिएका छन्। तालिममा सार्की समुदायका १४ जना प्रशिक्षार्थीमध्ये ४ जना पुरुष र १० जना महिलाको सहभागित छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्