Shikhar Insurance
National Life

मौद्रिक नीतिमा हस्तक्षेप गर्ने संकेत गर्दै मिनि संसदमा अर्थमन्त्रीले के भने ?

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १३:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा हस्तक्षेप गर्ने संकेत दिएका छन् । प्रतिनिधिसभाको अर्थसमितिको छलफलमा बोल्दै मन्त्री डा. महतले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा मन्त्रालयको ‘कन्सर्न’ रहने बताएका हुन् ।

उनले चालू आर्थिक वर्षमा अर्थतन्त्र चलायमान नहुनुको मूल कारण पनि नेपाल राष्ट्र बैंक नै भएको आरोप पनि लगाए । ‘कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पुँजीगत खर्च त्यही रुपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन’, अर्थमन्त्री डा. महतले नेपाल राष्ट्र बैंकको नीति प्रति असन्तुष्टि जनाउँदै भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा भने अहिलेदेखि नै नेपाल राष्ट्र बैंकसँग कुरा भइरहेको जानकारी गराए । ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौं, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौं ।’, अर्थमन्त्री डा. महतले सांसदहरुलाई आश्वस्त पार्दै भने ।

सरकारले तय गरेको आर्थिक वृद्धि र मुद्रास्फीतिको लक्ष्य पूरा हुने गरी मौद्रिक नीति तय गर्नु राष्ट्र बैंकको दायित्व भएको पनि स्पष्ट पारे । सरकारले आगामी आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य राखेको छ । मन्त्री डा. महतले आफ्नो अथक प्रयासपछि अर्थतन्त्रमा क्रमशः सुधारका संकेतहरु देखिन थालेको दाबी पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्