Shikhar Insurance
National Life

सिटीजन लाइफलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति, प्रतिकित्ता २४४ रुपैयाँ

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १३:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबन)ले सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आज (असार १९ गते) प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई प्रतिकित्त अंकित मूल्य १०० रुपैयाँमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले कुल २ अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले निष्काशन गर्न लागेको कुल सेयर १ करोड १२ लाख ५० हजार कित्ता मध्ये कर्मचारीका लागि ५ लाख ६२ हजार ५ सय कित्ता सेयर जारी सेयर छुट्याइएको छ भने बाँकी रहेको सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ ।

 

 

 

 

 

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्