Shikhar Insurance
National Life

आजको मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १२:१८
Hyundai
NCELL
NIMB

काठमाडाैं। मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोसी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज रातिको समयमा पनि कोसी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्