Shikhar Insurance
National Life

अर्थतन्त्रलाई सबल बनाउन कृषि बिमाको भूमिका महत्वपूर्णः मन्त्री डा. भुसाल

सिंहदरबार संवाददाता
२०८० असार १८, सोमबार १५:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बिमा प्राधिकरणद्वारा आयोजित कृषि, पशुपन्छी तथा जडिबुटी बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि तथा पशुपन्छी बिमाको विगत १० वर्षको अनुभवलाई समीक्षा गरी यसलाई अझै प्रभावकारी रूपले अगाडि बढाउनुपर्ने बताएका छन् ।

मन्त्री डा. भुसालले कृषि उत्पादन बढाउन र अर्थतन्त्रलाई सबल बनाउन कृषि, पशुपन्छी तथा जडिबुटी बिमाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कृषकले अपनत्व महसुस गर्ने, कृषिका सबै क्षेत्रलाई समेट्ने र विद्यमान समस्याहरूको निकास निस्कने गरी कृषि तथा पशुपन्छी बिमा अनुदान निर्देशिका परिमार्जन गर्नका लागि सुझाव दिन सबैलाई आग्रह गरे।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (पशुपन्छी विकास) डा. दीपककुमार खरालले सरकारले कृषि तथा पशुपन्छी बिमामा उपलब्ध गराउँदै आएको अनुदान रकम निरन्तर रूपमा निकासा हुँदै जाने स्पष्ट गर्दै कृषि बिमालेख निरन्तर जारी गर्न, नियमसंगत रूपमा दाबी रकम भुक्तानी गर्न र कृषकलाई आघात पार्ने कुनै काम नगर्न बिमा कम्पनीहरूलाई आग्रह गरेका छन् ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि बिमा अनुदानबाट लक्षित वर्गले लाभ पाए नपाएको सहित अनुदानको उपयोगिताका बारेमा अध्ययन गर्नु आवश्यक रहेको उल्लेख गर्दै ठूला कृषि फर्मलाई नभई सीमान्तकृत वर्ग, साना किसान एवम् लक्षित वर्गलाई लाभ पुग्ने गरी कृषि बिमा अनुदानको व्यवस्था हुनसके त्यसको प्रभावकारी बढ्ने बताए ।

अध्यक्ष सिलवालले भने, “कृषि तथा पशुपन्छी बिमाले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि र गरिबी न्यूनीकरणमा सहयोग पु¥याउँछ । उधारो बिमा गर्न नपाइने भएकाले त्यसलाई ध्यानमा राखी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदान रकम निकासा हुने व्यवस्था गर्नुपर्छ । सरकारले कामको प्रकृतिअनुसारको जिम्मेवारी सम्बन्धित निकायलाई दिनुपर्छ । हाल जोखिम बढ्दै गएकाले कृषि बिमालाई दिगो बनाउन रिप्राइसिंग आवश्यक छ । स्थानीय तहले कृषि बिमामा अनुदान थप गर्नुभन्दा उक्त रकम बिमासम्बन्धी जनचेतना अभिवृद्धिमा उपयोग गरे बिमाको पहुँच विस्तारमा सहयोग पुग्छ ।”

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ३१ हजार ४ सय १६ कृषि तथा पशुपन्छी बिमा दाबी फछ्र्योट भई १ अर्ब ४२ करोड ८३ लाख ८१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी भएको जानकारी दिए। कार्यकारी निर्देशक पौडेलले कृषि, पशुपन्छी तथा जडिबुटी बिमाअन्तर्गत पशुधन, माछा र पन्छी बिमालेख संशोधनको अन्तिम चरणमा पुगेको र दलहन, स्याउ, ओखर तथा आँपखेती बिमालेखहरू जारी हुने क्रममा रहेको बताए ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले कृषि, पशुपन्छी तथा जडिबुटी बिमासम्बन्धी व्यवस्थाबारे प्रस्तुति गर्दै नमुनाका रूपमा मौसम सूचकाङ्क र बाढी सूचकाङ्कमा आधारित बिमाको सुरुवात गरिएको जानकारी दिए ।

कार्यक्रममा कृषि विभाग, पशुसेवा विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, विभिन्न मन्त्रालयका सहसचिव, विभिन्न निकाय तथा संस्थाका पदाधिकारी, नेपाल बिमक संघका अध्यक्ष, कृषकवर्ग, बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलगायतको सहभागिता थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्