Shikhar Insurance
National Life

सुदूरपश्चिम प्रदेशमा ११ महिनामा २१ हजार ८ सय २२ मेट्रिकटन मल बिक्री

सिंहदरबार संवाददाता
२०८० असार १८, सोमबार १०:५४
Hyundai
NCELL
NIMB

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा चालु आवको हालसम्म सरकारको अनुदानबाट प्राप्त २१ हजार ८ सय २२ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको छ ।

बिक्री भएकोमध्ये डीएपी सात हजार तीन सय ५० र युरिया १४ हजार चार सय ७२ मेट्रिकटन छ। कृषि सामग्री कम्पनी लिमिटेड धनगढी कार्यालयका प्रमुख नवलसिंह बोगटीले कार्यालयबाट असार १६ गतेसम्म डीएपी पाँच हजार तीन सय १५ र युरिया छ हजार पाँच सय ५८ मेट्रिकटन बिक्री भएको बताए । साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी कार्यालयबाट चाल वर्षको यही असार ८ गतेसम्म डीएपी दुई हजार ३५ र युरिया सात हजार ९ सय १४ मेट्रिकटन बिक्री भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल कृषि सामग्रीमा युरिया ६० र डीएपी ५० मेट्रिकटन, साल्ट ट्रेडिङ कर्पोरेसनमा युरिया दुई सय २० मेट्रिकटन र डिएपि नौ मेट्रिकटन मौज्दात रहेको छ । कृषि सामग्रीमा एक हजार एकसय टन युरिया केही दिनभित्रमा आपूर्ति हुन लागेको कार्यालय प्रमुख बोगटीले बताए ।

यस वर्ष कृषि सामग्री धनगढीका लागि १० हजार युरिया र ९ हजार मेट्रिकटन डीएपी मलको कोटा तोकिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका लागि ९ हजार ३ सय ३१ मेट्रिकटन युरिया र तीन हजार सात सय ४२ मेट्रिकटन डिएपीको कोटा तोकिएको छ ।

सरकारले अनुदानमा उपलब्ध गराउने यो मल कृषि सामग्री र साल्ट ट्रेडिङमार्फत बिक्री वितरण हुँदै आएको छ । कृषि सामग्री र साल्ट ट्रडिङले सहकारी संस्थाहरुलाई बिक्री गर्ने यो मल सहकारी संस्थाहरुले किसानलाई बिक्री वितरण गर्छन् । प्रदेशका लागि केन्द्रबाट तोकिने अनुदानको मलको जम्मा कोटामध्ये ७० प्रतिशत परिमाणको मल कृषि सामग्रीबाट र बाँकी ३० प्रतिशत परिमाणको मल साल्ट ट्रेडिङबाट बिक्री वितरण हुँदै आएको छ ।

ढुवानीकर्ताले समयमै रासायनिक मल ढुवानी नगर्दा सहकारीलाई पनि समयमै मल बिक्री वितरण गर्न नसकिरहेको साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी कार्यालयका प्रमुख तेजबहादुर कुवँर बताए।

उनले भने, “विगतका वर्षमा जस्तो देखिने मलको अभाव भने यस वर्ष छैन, मल आउने र बिक्री हुने क्रम जारी छ ।” बर्सेनि रासायनिक मलको खपत बढ्दै जाँदा यसको आपूर्ति व्यवस्थापनमा समस्या भइरहेको बताइन्छ । सुदूरपश्चिम प्रदेशका लागि वार्षिक युरिया ५४ हजार मेट्रिकटन र डीएपी ३१ हजार मेट्रिकटन आवश्यक पर्ने बताइन्छ ।

यो वर्ष मलको आपूर्ति विगतका वर्षको भन्दा केही सहज देखिए पनि चाहिने परिमाणमा पाउन नसकिएको गुनसो किसानको छ । धान रोपाइँ गरेको एकदुई दिनभित्र प्रयोग गर्नुपर्ने डीएपी मल चाहिने मात्रामा नपाउँदा कतिपय किसानले सीमा पारीबाट मल भित्र्याएर रोपाइँ गर्नु परेको किसानको अनुभव छ ।

एकपटक रासायनिक मल प्रयोग गरिसकिएको खेतमा अर्को पटक रासायनिक मल प्रयोग नगर्दा बालीको उत्पादन र उत्पादकत्व निकै कम हुने गरेकाले खेती गर्दा यो मल प्रयोग गर्नैपर्ने बाध्यता रहेको कृषकको भनाइ छ । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्