Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघसंस्थामा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० असार १७, आईतवार १७:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसँग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकका ग्राहकहरुले निजगढ, बारामा अवस्थित निजगड बर्गर हाउस एन्ड क्रन्ची चिकेन, नेपाल फेन्सी स्टोर, फायरउड सेकुवा एण्ड तन्दुरी भान्सा घर र किड्स कलेक्सनमा १० प्रतिशतसम्मको विशेष छुट पाउने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभर फैलिएका आफ्ना १ सय ८५ वटा शाखा, १ सय ४१ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट १५ लाख ९० हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्