काठमाडौं । इसेवामार्फत लाइफ इन्स्योरेन्सकाे नवीकरण गर्दा ५० हजार जित्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो ।
यस अफरमा बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै योजनाको अन्त्यमा भाग्यशाली एक जना विजेताले ५० हजार रूपैयाँ जित्न सक्नेछन् ।
यो योजना असार २५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक क्यासब्याक विजेताको घोषणा हरेक हप्ताको अन्त्यमा इसेवाको फेसबुक पेज तथा ब्लगमार्फत गरिनेछ भने बम्पर उपहार विजेताको घोषणा ईसेवाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ ।
यस योजनामा सहभागी हुन इसेवा प्रयोगकर्ता केवाइसी भेरिफाइड भएको हुनुपर्नेछ । यस योजनामा कुनै पनि जीवन बिमा कम्पनीको इसेवामार्फत नवीकरण गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्