Shikhar Insurance
National Life

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० असार १७, आईतवार १६:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बिग मार्टको १४औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १ सय ५० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्ने छन् । यो योजना असार १६ शनिबनरदेखि साउन १५ गतेसम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले ५ सय रुपैयाँसम्म छुट लिन सक्ने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यान क्याश साथै विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सक्ने छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्