Shikhar Insurance
National Life

नबिल बैंकले जीडब्लूएम गाडीहरूमा ५० प्रतिशतसम्म अटो कर्जा उपलब्ध गराउने

सिंहदरबार संवाददाता
२०८० असार १७, आईतवार ११:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । जीडब्लूएम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले नबिल बैंकसँग यसको इन्टरनल कम्बसन इन्जिन आईसीई सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाका लागि सम्झौता गरेको छ । भिजी इम्पेक्स– जीडब्लूएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंकको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठलेसम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापत्रअनुसार ग्राहकहरुले नबिल बैंकमार्फत कुनै पनि जीडब्लूएमका गाडी खरिद गर्दा फाइनान्सिङ सुविधा प्राप्त गर्ने छन् । नबिल बैंकले आईसीई मोडललाई १२.९० प्रतिशत र ईभीका लागि १२.१५ प्रतिशत ब्याजदरमा ५० प्रतिशतसम्म अटो कर्जा उपलब्ध गराउने भएको छ । दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ग्राहकहरूले अटो कर्जाका लागि आवश्यक कागजातहरूसहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्