काठमाडौं । सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ । सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र समाज डेण्टल हस्पिटलका म्यानेजिङ डाइरेक्टर शंखु घिमिरेबीच द्विपक्षीय सम्झौता भएको हो ।
सनराइज क्यापिटलले समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा । डिम्याट खोलिएको एक आवको डिम्याट शुल्कमा छुट। पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५० प्रतिशत तथा पर्फरमेन्स शुल्कमा २० प्रतिशत छुट। निःशुल्क पोर्टफोलियो परामर्श सेवा, निःशुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा र आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था गरिने ।
त्यस्तै समाज डेण्टल हस्पिटलले सन्राइज क्यापिटलका कर्मचारी ग्राहकहरुलाई निःशुल्क विशेषज्ञ परामर्श,दाँत तथा मुखको परीक्षणजस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्