Shikhar Insurance
National Life

रिलायबल लाइफलाई आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति, प्रतिकित्ता २५७ रुपैयाँ

सिंहदरबार संवाददाता
२०८० असार १५, शुक्रबार १६:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आज (असार १५ गते) कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीलाई १५७ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २५७ रुपैयाँको दरले प्राथमिक आईपीओ जारी गर्ने अन्तिम स्वीकृति प्रदान गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डमा एक करोड २० लाख कित्ता आईपीओ जारी गर्न निवेदन दिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सर्वसाधारण समुहको एक करोड २० लाख कित्ता मध्ये ५ प्रतिशत कर्मचारी लागी, ५ प्रतिशत म्युचुअल फण्ड, १० प्रतिशत वैदेशिक रोजगारमा गएका नेपालीका लागि लगानी गर्नेछन् भने, बाँकी रहेको सेयर सर्वसाधारणका लागि जारी गर्नेछ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

कम्पनीले कर्मचारीहरुका लागि आधार मूल्यमै ६ लाख कित्ता सेयर बिक्री गर्नेछ । त्यस पछि सामुहिक लगानीकोषका लागि भने प्रतिकित्ता २५७ रुपैयाँका दरले ६ लाख कित्ता सेयर बिक्री गर्नेछ । वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई भने १२ लाख कित्ता सेयर बिक्री गर्नेछ । यसरी सबैलाई बिक्री गरेर बाँकी रहेको ९६ लाख कित्ता भने सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरिनेछ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्