Shikhar Insurance
National Life

‘आइएमई पे’ बाट पानी र बिजुलीकाे बिल तिर्दा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० असार १५, शुक्रबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ गते आइतबारदेखि असार २३ शनिबारसम्म एक हप्ताका लागि चल्ने छ। यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत पानीको बिल भुक्तानी गर्दा १ सय रूपैयाँसम्म १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक-पटक प्रयोग गर्न पाउने छन् । साथै ग्राहकवर्गले बिजुलीको बिल आइएमई पेमार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ । सो
क्यासब्याक एवम् छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरु विद्युतीय मध्यममार्फत तिर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदान गरिएको हो । ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्