Shikhar Insurance
National Life

नेपाल रेमिटमार्फत पठाएको रकम अबदेखि नबिल बैंकमा सिधै प्राप्त गर्न सकिने

सिंहदरबार संवाददाता
२०८० असार १५, शुक्रबार १३:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल रेमिट इन्टरनेसनल प्रालि र नबिल बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालयमार्फत सहजै प्राप्त गर्न सकिन्छ ।

रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेसनल प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकका तर्फबाट रेमिट्यान्स् हेड मनिषा श्रेष्ठले हस्ताक्षर गरे । नेपाल रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नबिल बैंकले धेरै शाखाबाट सेवा प्रदान गर्नुका साथै कार्ड, विप्रेषण र लगानीमैत्री सेवा गरी सबैखाले बैकिङ सेवाको सुविधा दिँदै आएको छ । हाल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा २ सय ५५ शाखा कार्यालय, २ सय ८३ एटीमए नेटवर्क, विप्रेषण एजेन्ट र अधिक पीएसओ टर्मिनल्सबाट सेवा उपलब्ध गराइरहेको छ । यस बैंकको १ सय ७० अन्तर्राष्ट्रिय बैंकहरुसँग सहकार्य रहँदै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्