काठमाडाैं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया दिनुहोस्