Shikhar Insurance
National Life

माई पे वालेटले एसईई पास गरेका ९९ जना विद्यार्थीलाई मासिक ५ सयका दरले छात्रवृत्ति दिने

सिंहदरबार संवाददाता
२०८० असार १४, बिहीबार १७:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । माइपे डिजिटल वालेटले एसईई पास भएका ९९ सय जना विद्यार्थीलाई मासिक ५ सय रुपैयाँसम्मका ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

एसईई पास गरेका युवा विद्यार्थीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस छात्रवृत्ति योजना ल्याएको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘नवीन प्रविधिलाई युवाहरुले नै सबैभन्दा पहिले आत्मसाथ गर्न सक्छन्,’ मेहताले भने, ‘त्यसैले हामीले उनीहरुलाई डिजिटल प्रविधिप्रति बेलैमा आर्कषित गरी डिजिटल साक्षरता दिन सके डिजिटल नेपालको सपनालाई साकार पार्न समेत सहयोग मिल्थ्यो ।’ उनी यस कार्यक्रम सुरुवात गर्न पाउँदा निकै उत्साहित रहेको समेत बताए ।

यस छात्रवृत्ति कार्यक्रममा जम्मा एक सय विद्यार्थीहरु लाभान्वित हुनेछन् । जसमा ९९ जना विद्यार्थीले मासिक ५ सयका दरले एक वर्षसम्म र एक जना विद्यार्थीले मासिक ५ हजारका दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।

यस कार्यक्रममा सहभागी हुनका लागि एसईई दिएर बसेका विद्यार्थीहरुले माई पे वालेट डाउनलोड गरी वालेटभित्र रहेको फर्म भर्नुपर्नेछ । फर्म भर्नका लागि १० रुपैयाँ शुल्क लाग्नेछ । देशैभरीका विद्यार्थीहरु यस योजनामा सहभागी हुन सक्नेछन् ।

छात्रवृत्तिमा छनौट भइइसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाणसमेत पेस गर्नुपर्नेछ । आवेदन अवधी साउन अन्तिमसम्म रहेको माई पेले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्