Shikhar Insurance
National Life

सिञ्जाको नीतिः पर्यटनलाई प्राथमिकता

सिंहदरबार संवाददाता
२०८० असार १४, बिहीबार १५:४९
Hyundai
NCELL
NIMB

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजित गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

खस भाषाको जन्मथलोसमेत रहेको सिञ्जालाई पर्यटकीय ‘हब’मा विकासित गर्नेका लागि पालिकाभित्रका लुकेका पर्यटन क्षेत्रलाई थप प्रवर्द्धनका लागि पूर्वाधार निर्माण गाउँपालिकाले नीति अवलम्बन गरेको छ । उनले भने,“पर्यटन बोर्डसँग सहकार्यमा खस रीतिरिवाज र संस्कृति समेटको खस ‘क्यालेण्डर’ निर्माण गरी कार्यान्वयनमा ल्याउने नीति गाउँपालिकाले लिएको छ । खस भाषाको सभ्यता अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्न सङ्घीय सरकारसँग पहल गरिने छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिञ्जाको इतिहास अभिलेखिकरण र पालिकाको वडा नं ३ स्थित राइके पाखोमा सिञ्जा राज्यको प्रभाव क्षेत्र झल्किने नेपालको नक्शा निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरी गाउँपालिकाले काम गरेको उपाध्यक्ष सीतली रोकायाले बताए। खस भाषाको सङ्ग्रहालय निर्माणको कामलाई निरन्तरता दिँदै यूनेस्कोको सहयोगमा सिञ्जालाई मूर्तअर्मूत विश्व सम्पदा सूचीको रुपमा अगाडि बढाउन गुरुयोजना तयार गरिने प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए। जिल्लाकै पवित्र धार्मिक पर्यटकीयस्थल सिञ्जाको केदारनाथमा आगामी भदौ १० मा धार्मिक मेला लाग्ने भएको छ ।

यसबाट सिञ्जाको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने जनाइएको छ । ” सिञ्जाका अन्य पर्यटकीय क्षेत्रसहित जुम्ला विमानस्थल, चन्दननाथ मन्दिर र सिञ्जा सभ्यताको अवलोकन गर्ने कार्यक्रम रहेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । पर्यटन मन्त्रीको दृढताका कारण यो वर्ष जुम्ला विमानस्थल स्तरोन्नतिको कामले गति पाएको छ ।

चन्दननाथ मन्दिरको विस्तार र सिञ्जा सङ्ग्रहालयका लागि दीर्घकालीन बजेटको व्यवस्थापन सङ्घीय सरकारको बजेट भाषणमा सम्बोधन भएको जनाइएको छ । सिञ्जा गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बजेटमा केदारनाथलाई धार्मिक र प्राकृतिक पर्यटनका रुपमा विकास गर्ने कार्यलाई विशेष प्रथामिकतामा राखेर काम गरेको उपाध्यक्ष सीतली रोकायाले बताए।

सिञ्जा –४ स्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल केदारनाथलगायत पालिकाभित्रका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वकास्थल उचित प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा पर्यटकीय महत्वकास्थल ओझेलमा परेको गाउँपालिकाका प्रवक्ता तीर्थ वडले जानकारी दिए। समुद्री सतहदेखि लगभग तीन हजार पाँच सय मिटर उचाइ लेकको काखमा अवस्थित केदारनाथ मन्दिर रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्