Shikhar Insurance
National Life

सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदैछ किनबेच?

सिंहदरबार संवाददाता
२०८० असार १४, बिहीबार ११:५१
Hyundai
NCELL
NIMB

काठमाडाैं। बिहीबार नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि ५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्