Shikhar Insurance
National Life

काठमाडौंका बोर्डिङ स्कुलमा पढाउने शिक्षकहरूले पनि सरकारी स्कुलकै बराबर तलब पाउने

सिंहदरबार संवाददाता
२०८० असार १४, बिहीबार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई पनि सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन्।

मेयर बालेनले निजी विद्यालयले शिक्षकहरूलाई कानुनमा तोकिएअनुसार तलब सुविधा नदिएको गुनासो आएको भन्दै फेसबुकमार्फत सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन निर्देशन दिएका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकारी विद्यालयको तलब स्केलसमेत सार्वजनिक गरेका छन् । उनले सरकारी विद्यालयको तलब स्केलसरह सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई आग्रहसमेत गरेका छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्