Shikhar Insurance
National Life

नर्भिकमा मुटुरोगबाट पीडितका लागि शनिबार निःशुल्क ओपिडी

सिंहदरबार संवाददाता
२०८० असार १३, बुधबार १७:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा असार १६ गते शनिबार निःशुल्क कार्डियोलोजीसम्बन्धी ओपिडी हुने भएको छ । गत शनिबार पनि अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको थियो ।

सर्वसाधारणहरूको अत्यधिक सहभागिता र मागका कारण डा। सिलवालको टिमले आगामी शनिबार पनि पुनः मुटुरोगसम्बन्धी निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो । शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी सञ्चालन हुने अस्पतालले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निःशुल्क ओपिडीमा सहभागिताका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ र मोबाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्