Shikhar Insurance
National Life

६ महिनामा विदेशी विनिमय संचिति २०.९ प्रतिशत वृद्धि भएको छः प्रधानमन्त्री दाहाल

सिंहदरबार संवाददाता
२०८० असार १३, बुधबार १२:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बुधबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगसहितका शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले रिपोर्ट कार्ड प्रस्तुत गरेका हुन् ।

प्रधानमन्त्री बन्दा ६ महिनाअघि रिपोर्ट कार्ड प्रस्तुत गर्ने भनेको स्मरण गर्दै उनले बाचाअनुसार सांसदहरुले उठाएका प्रश्नको समीक्षात्मक जवाफ दिने बताए । “म प्रधानमन्त्री बन्दै गर्दा आर्थिक संकटले एउटा भाष्य निर्माण भएको थियो, देश श्रीलंकाको बाटोमा जाँदै छ । त्यो आशंका बौद्धिक क्षेत्रमा मात्र होइन, सर्वसाधारणसम्म फैलिएको थियो । अहिले सुधार आएको छ,” प्रचण्डले भने, “यसलाई म सरकारको उपलब्धि भनेर भन्न चाहन्न ।” उनले अहिले सबैजसो आर्थिक परिसूचक सकारात्मक दिशातर्फ खघि बढेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“विगत ६ महिनामा कुल विदेशी विनिमय संचिति २०.९ प्रतिशत वृद्धि भएको छ भने हामी अब ९ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने सुरक्षित अवस्थामा छौं,” प्रचण्डले भने, “यसैगरी कुल वस्तु व्यापारघाटामा १५.२ प्रतिशतले कमी आएको छ । विप्रेषण उल्लेख्य बढेको छ ।”

पर्यटकको आगमन विगत वर्षको यसै अवधिको तुलनामा उनले दोव्बर भएको बताए । ब्याजदर क्रमशः घट्दै गएको, वित्तीय क्षेत्रको स्थायित्व र लगानीको वातावरणमा सकारात्मक सुधार आएको, चुहावट नियन्त्रणमा गडाइ गरेपछि राजश्व परिचालनमा क्रमशः सुधार आएको बताए ।

नेपाल विद्युत् प्राधिकरण र नेपाल आयल निगम नाफामा गएको र नेपाल वायुसेवा निगमको पनि आर्थिक अवस्थामा सुधार आएको प्रधानमन्त्रीको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्