Shikhar Insurance
National Life

असार १४ गते देशभर सार्वजनिक विदा दिने सरकारकाे निर्णय

सिंहदरबार संवाददाता
२०८० असार १२, मंगलवार १४:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले असार १४ गते बिहीबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माद्वारा जारी सूचनामा भनिएको छ ‘नेपाल राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्