Shikhar Insurance
National Life

सुनकाे मूल्य २ सयले बढ्याे, कतिमा हुँदैछ किनबेच?

सिंहदरबार संवाददाता
२०८० असार १२, मंगलवार ११:२४
Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाली बजारमा मंगलबार पनि सुनकाे मूल्य दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्