Shikhar Insurance
National Life

असारभित्रै कारोबार आरम्भ गर्दै चार लघुबिमा कम्पनी, कसको तयारी के ?

सिंहदरबार संवाददाता
२०८० असार १२, मंगलवार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । चारवटा लघु बिमा कम्पनीहरूले असारभित्रै औपचारिक कारोबार आरम्भ गर्ने अन्तिम तयारी थालेका छन् । बिमा प्राधिकरणबाट लाइसेन्स लिएर आवश्यक पूर्वाधार तयार गरिसकेका चारवटा लघुबिमा कम्पनीहरुले आसारभित्रै कारोबार आरम्भ गर्ने तयारी गरेका हुन् ।

सबै कम्पनीहरु बिमा प्राधिकरणबाट बिमा पोलिसी स्वीकृतिको निर्णय कुरेर बसिरहेका छन् । त्यसरी असारभित्रै कारोबार आरम्भ गर्ने तयारीमा रहेका कम्पनीहरुमा दुईवटा जीवन र दुईवटा निर्जीवन लघुबिमा कम्पनी छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मिगेन्द्र नाथ रिमालले आगामी एक हप्ताभित्रै कम्पनीले कारोबार आरम्भ गरिसक्ने बताए । भरतपुर चितवनमा केन्द्रीय कार्यालय रहेको कम्पनीले त्यहीँबाट औपचारिक कारोबार आरम्भ गर्नेछ । ‘हामीले सबै पूर्वाधार तयार गरिसकेका छौं, बिमा प्राधिकरणले पोलिसी स्वीकृत गरिदिएको एक हप्ताभित्रै कारोबार आरम्भ हुन्छ’, नेपाल माइक्रोका सीइओ मिगेन्द्र नाथ रिमालले सिंहदरबारसँग भने ।

उता, गार्डियन माइक्रो लाइफका सीईओ चिरायु भण्डारीले पनि असार भित्रै एउटा पोलिसी जारी गरेर कारोबार आरम्भ गर्ने तयारी भैरहेको बताए । गार्डियनको केन्द्रिय कार्यालय विराटनगरमा रहेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश रोक्काले पनि बिमा प्राधिकरणबाट पोलिसी स्वीकृत गरेर असार भित्रै कारोबार गर्ने तयारी भैरहेको जानकारी दिए ।‘हामी सफ्टवेयरदेखि अन्य सबै पूर्वाधार तयार गरेर बसेका छौं, असार भित्रै कारोबार थाल्ने टार्गेट छ’, सीईओ रोक्काले भने । प्रोटेक्टिभको केन्द्रीय कार्यालय कैलालीको धनगढीमा रहेको छ ।

प्रोटेक्टिभ माइक्रो लाइफका सीईओ प्रताप श्रेष्ठले पनि बिमा प्राधिकरणबाट पोलिसी स्वीकृति कुरेर बसेको बताए । प्राधिकरणले पोलिसी स्वीकृति गरेमा असारभित्रै कारोबार थाल्न आफूहरु तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए ।

असारभित्रै पोलिसी स्वीकृत हुन्छः बिमा प्राधिकरण

बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले असार भित्रै लघु बिमा कम्पनीहरुले पेस गरेको बिमा पोलिसीहरु स्वीकृत भैसक्ने बताए । ‘उहाँहरुले पेस गर्नु भएको बिमा पोलिसीहरु हामी असारभित्रै स्वीकृत गरिसक्छौं, कारोबार आरम्भ गर्ने विषय कम्पनीहरुको तयारीमा निर्भर गर्छ’, प्राधिकरणका निर्देशक सुवेदीले सिंहदरबारसँग भने ।

तीन कम्पनी पुँजी पुर्याउन कसरत गर्दै
आशयपत्र लिएर पनि बाँकी तीन कम्पनीले भने पुँजी पुर्याउने कसरत गरिरहेका छन् । बिमा प्राधिकरणले थपिदिएको समय सकिन केही दिन मात्रै बाँकी रहँदा ति कम्पनीहरु पुँजी जुटाउने अन्तिम कसरतमा छन् । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले भने पुँजी जुटाउने अन्तिम कसरत गरिरहेका छन् ।

४ लघुबीमा कम्पनीका अध्यक्षहरूको शपथग्रहण

लघु बीमा कम्पनीहरुका सिईओको तलब ४८ लाखसम्म, यी हुन जागिर सुरु गरेका चार भाई

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्