Shikhar Insurance
National Life

सहकारी ठगी प्रकरणमा शिवशिखर बहुउद्देश्यीयका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

सिंहदरबार संवाददाता
२०८० असार १२, मंगलवार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडाैं। सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको छ ।

सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए। अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानबाट लुकीछिपी बसिरहेका थिए । शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सिआइवीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए ।

एक सूचना जारी गरी सिआइवीले भक्तपुरमा कार्यालय भई काठमाडौं, ललितपुरका विभिन्न क्षेत्रको सेवा केन्द्रमा बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्यूरोमा सम्पर्कमा आउन बचतकर्तालाई अनुरोध गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्