Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकलाई टोखा केब फनपार्कमा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० असार ११, सोमबार १७:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टोखा, काठमाडौंस्थित टोखा केब फनपार्क प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूलाई टोखा केब फनपार्कमा १५ प्रतशितसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८४ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १ सय ४१ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ एकाइहरूबाट करिब १५ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्