Shikhar Insurance
National Life

देउराली सहकारीद्वारा रकम लिन बचतकर्तालाई सम्पर्कमा आउन आह्वान

सिंहदरबार संवाददाता
२०८० असार ११, सोमबार १७:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुर सातदोबाटोमा रहेको केन्द्रीय कार्यालय, भक्तपुर सूर्यविनायक र न्युरोड काठमाडाैंमा रहेको सेवा काउन्टरका बचतकर्ताहरू, सञ्चालक समिति र कर्मचारीहरूलाई लक्षित गरी आज एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

सहकारीले सदस्य, कर्मचारीहरूलाई सम्पर्कमा आई सदस्य सेवा काउन्टर न्युरोडबाट सदस्यहरूको फिर्ता दिन बाँकी बचतबापत विभिन्न स्थानका जग्गा, अपांगग अशक्त र हस्पिटल भर्ना भएकाहरूलाई केही रकम दिइरहेकाले सम्पर्कमा आउन सहकारीले बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्था समस्यामा परेपछि बचतकर्ताहरूकै समूह बनाइ उक्त समूहका बचतकर्ता कृष्णप्रसाद कँडेल, नकुल आचार्य, जीवन श्रेष्ठहरूको संयुक्त नाममा गृहम डेभलपमेन्ट कम्पनी दर्ता गरी नवलपरासीको २९ कठ्ठा ४४ वटा घडेरी र ललितपुरमा महेश तिमल्सिना, यशोदा सिलवाल, रञ्जु सिलवाल, गोपाल मर्हजन, मंजिल शाक्य, रवीन्द्र श्रेष्ठ, नवीन्द्र श्रेष्ठ, भीमबहादुर मर्हजन, सुनिल शाक्य, श्रेया शाक्य, सविना श्रेष्ठ, नविन मर्हजन, कमला शाक्य, नारायण श्रेष्ठ, रसिक श्रेष्ठ, श्रेया श्रेष्ठ, शरिक श्रेष्ठ, स्वीकृति शेरचन, सन्तोष श्रेष्ठ, भुपेन्द्रकुमार शाह, आयन बक्स, नारायण दत्त जोशी, विनिता तिमल्सिना, निर्यान श्रेष्ठ, सक्षम प्रधान, हरिबहादुर श्रेष्ठ, लीला शाक्यलगायत सदस्यले केही रकम आफू थपी करिब ३० करोडको जग्गा सेटलमेन्ट गरी संस्थालाई सहयोग गरिसकेको सहकारीले जनाएको छ ।

जग्गा लिन इच्छुक सदस्यहरूले सदस्य सेवा काउन्टर न्युरोडमा गई छलफल गरी जग्गा लिन सकिने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी साना बचतकर्ताहरूलाई संस्थाले रकम व्यवस्थापन गरिरहेको र छिट्टै उनीहरूलाई रकम बाँड्ने तादाम्यता मिलाइएको सहकारीले जनाएको छ ।

संस्थालाई पहिलेकै स्थानमा ल्याउने यस हदको प्रयासको बाबजुत सञ्चालक समितिहरू सम्र्पकमा रही बचतकर्ताहरूको हितमा कार्य गरिरहँदा बजारमा विभिन्न सहकारी भागेका र जेल चलान भएकाहरूको अफवाह सुनी संस्थाविरुद्ध लाग्ने केही व्यक्तिको कुरा सुनि धना, आन्दोलन तथा सञ्चालक समितिविरुद्ध विभिन्न सहकारी निकायमा उजुरी बाजुरी गरिरहेको हुँदा त्यस्ता कार्य बन्द गर्न पनि देउरालीले अपिल गरेको छ ।

देउरालीले रकम फिर्ता गर्न धेरै बाँकी नरहेको र बाँकी रहेकाहरू सम्पर्कमा आई छलफलबाट आफ्ना रकम सुरक्षण गर्न आग्रहसमेत गरेको छ । देउराली सहकारीमा विभिन्न शीर्षकमा बचत रकम ८५ प्रतिशत फिर्ता भइसकेको र बाँकी रकम छिट्टै नै फिर्ता गरी संस्था पहिलाकै अवस्थामा फर्काउने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्