Shikhar Insurance
National Life

दिब्यश्वरी हाईड्रोले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केटस् नियुक्त

सिंहदरबार संवाददाता
२०८० असार ११, सोमबार १६:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत (कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि निष्काशसन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको हो ।

मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिब्यश्वरी हाइड्रोपावर कम्पनी बिच मिति असार १० गते एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जसमा मेगा क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट दिव्यश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष दधिराम निरौला र बुद्घ कृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त हकप्रद सेयर विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्