काठमाडौं । सुपर सोकोको आधिकारीक बिक्रेता कोर्बिग मोटर्सले ललितपुरको ग्वार्कोमा नयाँ शोरुमको शुभारम्भ गरेको छ ।
नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नयाँ शोरुमको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा मन्त्री ज्वालाले युवा संचालकद्वय सौगात भट्टराई र नोभेल काफ्लेलाई बधाई तथा शुभकामना दिँदै विद्युतीय सवारीको प्रयोग नेपालका लागि मात्र नभई विश्वको लागि नै महत्वपुर्ण र फाइदाजनक रहेको बताए ।
सुपर सोकोका विभिन्न मोडलका २ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्मका बाईक तथा स्कुटरहरु बिक्रीमा ल्याएको छ । ब्याट्रीमा ३ वर्ष र मोटरमा २ वर्ष वारेन्टी छ । नयाँ शोरुम आरम्भ गरेको अवसरमा विशेष छुटको पनि व्यवस्था गरिएको संचालक नोभेल काफ्लेले बताए ।
प्रतिक्रिया दिनुहोस्