Shikhar Insurance
National Life

महालक्ष्मी बैंकद्वारा आठौं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा सहयाेग

सिंहदरबार संवाददाता
२०८० असार १०, आईतवार १७:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन आयोजित आठौं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा असार ८ र ९ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजित आठाैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई सफल बनाउनका लागि बैंकले प्रायोजन सहयोग गरेको हो । नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १ सय ३ शाखा कार्यालय र करिब ७ लाख ग्राहक छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्