Shikhar Insurance
National Life

उच्च अंकले बढ्यो सेयर बजार, कारोबार रकम साढे ६ अर्ब

सिंहदरबार संवाददाता
२०८० असार १०, आईतवार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन सामान्य अंकले बढेर बन्द भएको सेयर बजार यसदिन उच्च अंकले बढेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ६२.२१ अंक बढेर २,११७.७३ को विन्दुमा पुगेको छ । त्यसैगरी ठूला कम्पनीकाे सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ९.६४ अंक बढेर ३९५.४५ को विन्दुमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसदिन नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्या बढेको छ । दिनभरिमा २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर ६ अर्ब ४९ करोड ४ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात बिहीबार नेप्से परिसूचक ४.७५ अंक बढ्दा ३ अर्ब ४४ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नेप्सेका अनुसार कारोबारमा आएको १८९ कम्पनीको सेयर मूल्य बढेको छ । ३२ कम्पनीकाे घटेको छ भने, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार ४ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन लाइफ इन्स्यारेन्स कर्पाेरेसन, हिमालयन लाइफ इन्स्याेरेन्स, एनएमबी ५० र समलिङ्ग पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै, बिपिडब्लू लघुवित्तको ९.९९ प्रतिशत, सिटी होटल र शिवम् सिमेन्टको ९.९८ प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनीको ९.७७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ९.७४ प्रतिशत, प्रभु लाईफ इन्स्यरेन्सको ९.४८ प्रतिशत, शेखर इनसयोरेनसको ९.३८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ९.३३ प्रतिशत सेयर मूल्य बढेको छ भने, बाँकी कम्पनीको सेयर मूल्य ८.७७ प्रतिशतभन्दा कमले बढेको छ । कारोबारमा आएको शुभम् पावरको सेयर मूल्य सबैभन्दा बढी ६.८१ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४९ करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यसैगरी, सोल्टी होटलको ३८ करोड ९० लाख ९३ हजार, हिमालयन डिस्टिलरीको २४ करोड ३८ लाख १२ हजार, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २१ करोड ५३ लाख २० हजार र नेपाल लाइफ इनसयोरेन्सको २० करोड ४७ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र रहेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७.७९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन निर्जीवन बिमा उपसमूहको परिसूचक ६.०९ प्रतिशतले बढेको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको हो।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्