Shikhar Insurance
National Life

ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशत

सिंहदरबार संवाददाता
२०८० असार १०, आईतवार १०:२०
Hyundai
NCELL
NIMB

ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९र८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईंका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ २ अर्ब ७ करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । यो महानगरको वार्षिक पुँजीगत बजेट ५ अर्ब १९ करोड ३५ लाख रूपैयाँको ४० प्रतिशत हो ।

गत असारमा कुल बजेट ६ अर्ब ३५ करोड ३५ लाख ३ हजार रूपैयाँ पारित भएको थियो । उक्त बजेटको संशोधन गर्दै २०७९ पुसमा सम्पन्न दोस्रो नगरसभाले १ अर्ब १५ करोड रूपैयाँ पूरक बजेट थप गरेको थियो । गत असारको नगरसभामा पुँजीगततर्फ ४ अर्ब ८ करोड ७३ लाख ४९ हजार पारित गरेकामा पुसको नगरसभाबाट १ अर्ब १० करोड ३५ लाख रूपैयाँ पूरक बजेट थप गरी ५ अर्ब १९ करोड ३५ लाख रूपैयाँ पुर्याएको सूचना अधिकारी गुरागाईंले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै आन्तरिक आयतर्फ ललितपुरले ८५ प्रतिशत उपलब्धि हासिल गरेको छ । आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुनेसमेत गरी २ अर्ब ४० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको महानगरले आन्तरिकतर्फ जेठ मसान्तसम्म १ अर्ब १५ करोड रूपैयाँ संकलन गर्न सफल भएको राजस्व महाशाखा प्रमुख प्रेमबहादुर थापाले जानकारी दिए। थापाका अनुसार महानगरले यस वर्ष आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुनेसमेत गरी कुल २ अर्ब ४० करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । आन्तरिकतर्फ १ करोड ३५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको हालसम्म उठेको रकम ८५ प्रतिशत हो ।

अघिल्लो आर्थिक वर्षमा २ अर्ब ६७ करोड रूपैयाँ राजस्व संकलन गरेको महानगरले आन्तरिकतर्फ १ करोड ४५ लाख रूपैयाँ राजस्व संकलन गरेको थियो । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्