काठमाडौं । ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना आज शुक्रबार र भोलि शनिबार हुँदैछ । आइसिटी फाउन्डेसन नेपालको आयोजना र कार्यक्रमको डिसहोम फाइवरनेट इन्टरनेट पार्टनर रहेको छ । कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरुसहित ७० बढी स्रोत विज्ञहरु छन् ।
द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरु सञ्चालन हुनेछन् । २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिति रहनेछ ।
आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो । कन्क्लेभको प्रि–इभेन्टका रूपमा फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजीटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्