काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सात सय रुपैयाँले घट्काे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा किनबेच भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्