Shikhar Insurance
National Life

चितवन राष्ट्रिय निकुञ्जमा १५ वर्षमा ३२९ गैंडा मरे

सिंहदरबार संवाददाता
२०८० असार ८, शुक्रबार ११:१४
Hyundai
NCELL
NIMB

भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत १५ वर्षको अवधिमा तीन सय २९ गैंडा मरेका छन् । आर्थिक वर्ष २०६५र६६ देखि हालसम्म सो सङ्ख्यामा गैंडा मृत भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ वर्षको अवधिमा सबैभन्दा बढी आथिक वर्ष २०७५र७६ मा गैंडा मरेका थिए । सो आर्थिक वर्षमा ४३ वटा गैंडा मरेको उनले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०६९र७० मा सबैभन्दा कम १० वटा गैंडा मरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निकुञ्जको तथ्याङ्कानुसार आर्थिक वर्ष २०६५र६६ मा १७, आर्थिक वर्ष २०६६र६७ मा २५, आर्थिक वर्ष २०६७र६८ मा १६, आर्थिक वर्ष २०६८र६९ मा १३, आर्थिक वर्ष २०७०र७१ मा ११ वटा गैंडा मरेका थिए । यस्तै, आर्थिक वर्ष २०७१र७२ मा ११, आर्थिक वर्ष २०७२र७३ मा १४, आर्थिक वर्ष २०७३र७४ मा २५, आर्थिक वर्ष २०७४र७५ मा २६, आर्थिक वर्ष २०७६र७७ मा २६ वटा गैँडा मरेको निकुञ्जले जनाएको छ । तिवारीका अनुसार आर्थिक वर्ष २०७७र७८ मा ३३, आर्थिक वर्ष २०७८र७९ मा ३७ र चालु आर्थिक वर्षमा २२ वटा गैंडा मरेका छन् ।

कालगतिले, चोरी सिकारीले, जुधेर, दलदलमा फसेर, बाघको आक्रमणबाट ती गैंडा मरेका हुन् । गैंडाको सङ्ख्या बढ्दै जाँदा बासस्थानको अभावले गैँडा मर्ने क्रम रोक्न नसकिएको उहाँले जानकारी दिए । गैंडा संरक्षणका लागि निकुञ्ज आसपास बसोबास गर्ने जनता, संरक्षणकर्मी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारीहरू लागिपरेको उनले बताए।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार छ सय ९४ गैंडा छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्