Shikhar Insurance
National Life

अख्तियारद्वारा विद्युत् प्राधिकरणका इञ्जिनियर कृष्णप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८० असार ७, बिहीबार १७:४१
Hyundai
NCELL
NIMB

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जिनियर कृष्णप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादवविरुद्ध १ करोड ४२ लाख ५२ हजार ५ सय ५० रूपैयाँ बराबरको बिगो जरिवाना, कैद सजायकोसमेत माग गरेको छ ।

प्राधिकरणको विभिन्न कार्यालयमा कार्यरत रहँदा स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार २०४८ फागुन १ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका यादवको वैध आय १ करोड ७१ लाख ४६ हजार ४४ रूपैयाँ बराबर देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इञ्जिनियर यादव २०७९ जेठ १ गतेसम्म सेवामा रहेको पाइएको छ । सो अवधिमा रु तीन करोड १३ लाख ९८ हजार पाँच सय ९४ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । अवैध आयको तुलनामा लगानी तथा खर्च बढी रहेको तथा त्यसको कुनै स्रोत समेत नखुलेको पाइएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ । वैध आयभन्दा बढी रहेको १ करोड ४२ लाख ५२ हजार पाँच सय ५० रूपैयाँ बराबरको बिगो कायम गरिएको आयोगले जनाएको छ ।

आयोगले गैरकानुनी रुपमा आर्जन गरेको तथा स्रोत नखुल्ने सम्पत्ति श्रीमती मञ्जुदेवी यादवको नाममा जग्गा खरिद, घर निर्माण, सेयर खरिदलगायतका प्रयोग गरेको पाइएको छ । आयोगले स्रोत नखुलेको सम्पत्ति जफथ गर्न समेत माग गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

त्यस्तै, आयोगले हाल पोखरा महानगरपालिका– १८ साविक सराङकोट गाविसको करिब ६ रोपनी सार्वजनिक जग्गा मिचेर नक्सा पास गरी घर निर्माण गरेको अभियोगमा तत्कालीन गाविस अध्यक्षसहित ६ जनाविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कानुनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गरी बढिबढाउ बोलपत्र आह्वान गरी व्यक्तिलाई दिइएको पाइएको छ । तत्कालीन गाविसका जिम्मेवार अधिकारीले नै स्थानीय दिलबहादुर गुरुङलाई सरकारी जग्गा दिएको अनुसन्धानबाट खुलेको छ । सरकारी जग्गा हो भन्ने जानीजानी व्यक्तिगत लाभ प्राप्त गर्ने नियतले गैरकानुनी क्रियाकलापमा संलग्न भएको पाइएको छ ।

सरकारी जग्गामा स्थायी संरचनासमेत निर्माण गरिएको छ । आयोगले तत्कालीन गाविस अध्यक्ष मोदनाथ रेग्मी र झपटबहादुर थापा, तत्कालीन वडा सदस्य एमबहादुर थापा, तत्कालीन गाविस सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर थापा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरुद्ध समान १ करोड ५० लाख रूपैयाँ बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्